• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनलमै रहन राजी अर्टेटा 
खेलपाटी संवाददाता
बिहीबार, भदौ २७, २०८१ खेलपाटी संवाददाता
आर्सनलमै रहन राजी अर्टेटा 

काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब आर्सनललाई कोही प्रशिक्षक धेरै फाफेको छ भने ती हुन्, मिकेल अर्टेटा।

सन् २०१९ मा आर्सनल भित्रिएका उनै अर्टेटाले पछिल्ला दुई सिजन आर्सनललाई लगालग प्रिमियर लिग उपाधिनजिक पु¥याएका छन्। तर, दुवैपल्ट म्यानचेस्टर सिटीसँग केही अंकले पछि पर्दै आर्सनलले उपविजेता सीमित हुनुपरेको छ।

त्यसैले यसपल्ट उपाधि नै जित्ने लक्ष्य बुनेको आर्सनलले अर्टेटालाई सम्झौता थप्न मनाएको छ। यो सम्झौता अब तीन वर्षसम्म कायम रहने बताइएको छ। 

उनले भने, ‘म चुनौती महसुस गर्छु र पहिले सँगै गरेको भन्दा अझ धेरै राम्रो गर्न चाहन्छु।’ ४२ वर्षीय स्पेनी पूर्वखेलाडी र आर्सनलबीचको सम्झौता यही सिजनको अन्त्यमा समाप्त हुँदै थियो। उक्त सम्झौता सकिनुअघि नै उनले आफू सन् २०२७ सम्म इमिरेट्समै रहने सहमति जनाएका हुन्।

म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको नेतृत्वमा सहायक प्रशिक्षकका रूपमा तीन वर्ष काम गरेका अर्टेटाले सन् २०१९ को डिसेम्बरमा आर्सनलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो पहिलो सिजनमा एफए कप जितेका थिए। त्यो नै उनको पहिलो उपाधि थियो।

सन् २००४ पछि पहिलो पटक प्रिमियर लिग उपाधि उचाल्ने दाउमा रहेको आर्सनललाई पछिल्लो दुई सिजन सिटीले नमेटिने घाउ लगाइदिएको छ। २०२२/२३ को सिजनमा उपाधि जित्दा सिटीले आर्सनललाई पाँच अंकले पछि पारेको थियो।

त्यतिखेर आर्सनलले लिगको शीर्ष स्थानमा २४८ दिन बिताएको थियो। अन्य कुनै पनि टोलीले लिग च्याम्पियनको ताज नपाउँदै पहिलो स्थानमा यति लामो समय बिताएको यो नै पहिलोपल्ट थियो।

अघिल्लो सिजन भने आर्सनलले उपाधि होडलाई अन्तिम दिनसम्म रोमाञ्चक बनाएको थियो। तर, अन्ततः कीर्तिमानी चौथोपल्ट प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको टोलीभन्दा आर्सनल दुई अंकले पछि पर्यो। उनलाई सिटीमा पेप ग्वार्डिओलाको सम्भावित उत्तराधिकारीको रूपमा लिइँदै आएको थियो। यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र क्याटलान क्लब बार्सिलोना जाने चर्चा पनि यसबीचमा चलेका थिए।

तर, आर्सनलका लागि १५० पटक खेलेका अर्टेटाले गत महिना आफ्नो सम्झौताको अवस्थालाई लिएर शान्त रहन आग्रह गरेका थिए। त्यतिखेर उनले आफ्नो  सम्पूर्ण ध्यान ट्रान्सफर विन्डोमा केन्द्रित गरेको बताएका थिए। उनले भनेका थिए, ‘मलाई लाग्दैन कि कोही पनि आत्तिनुपर्छ  । म त्यो ठाउँमा छु जहाँ म हुन चाहन्छु र साँच्चै खुसी छु। क्लबले पनि यही कुरा सोच्छ भन्ने आशा छ।’

यस सिजन भने अर्टेटाको टोली दुई जित र एक बराबरीसहित सात अंक जोड्दै तालिकाको चौथो स्थानमा छ, जुन शीर्ष स्थानको सिटीको भन्दा दुई अंक मात्रै कम हो। आर्सनलले आइतबार हुने नर्थ लन्डन डर्बीमा टोटनह्यामलाई चुनौती प्रस्तुत गर्नेछ।

अर्को साता एटलान्टाविरुद्ध च्याम्पियन्स लिगको अभियान सुरु गर्नेछ  । आर्सनलले समर विन्डोमा टोलीलाई बलियो बनाएको छ। लन्डन क्लब चेल्सीबाट विंगर रहिम स्टर्लिंग, स्पेनिस क्लब रियल सोसिडासबाट मिडफिल्डर मिकेल मेरिनो र इटालियन क्लब बोलोग्नाबाट डिफेन्डर रिकार्डो कालाफियोरीसहित खेलाडीलाई आर्सनलले भित्र्याएको हो।

अर्टेटालाई सिटीमा पेप ग्वार्डिओलाको सम्भावित उत्तराधिकारीका रूपमा लिइँदै आएको थियो। यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र क्याटलान क्लब बार्सिलोना जाने चर्चा पनि यसबीचमा चलेका थिए।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP