ज्ञानोदयलाई नेटबल उपाधि
आइतबार, भदौ २३, २०८१खेलपाटी संवाददाता
-1725801201.jpeg&w=3840&q=75)
काठमाडौं। आयोजक ज्ञानोदय बालवाटिकाले ज्ञान कार्निभल जुनियर नेटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
बुङमतीस्थित घरेल कोर्टमा ज्ञानोदयले फाइनलमा मल्पी इन्टरनेसनल स्कुललाई २१–१३ ले पराजित गर्यो । ज्ञानोदयकी शुभेच्छा वज्राचार्यले सर्वाधिक १८ स्कोर गरिन् ।
नेपाल नेटबल संघको सहयोगमा भएको प्रतियोगिताका विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुमबाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । ज्ञानोदयको ५० औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा ७ छात्रा टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसअघि ज्ञानोदयको ५० औं वार्षिकोत्सवका अवसरमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भएको थियो ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


