श्रीलंका डेभ्लपमेन्टसँग नेपाल पराजित
शुक्रबार, २१ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंका डेभ्लपमेन्टसँग अभ्यास खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। ६० बल खेलेका उनले १० चौका प्रहार गरे। नेपालका गुलसन झा र कप्तान सोमपाल कामीले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए।
५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। कुशल मल्ल ३५, आरिफ शेख ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक चार विकेट लिए।





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)