एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत पानामाविरुद्धको खेलमा इंग्ल्यान्डले गोल बर्षा गरेको छ । पहिलो हाफको खेल जारी रहदाँ इङ्ल्याण्डले ४–० को अग्रता बनाएको छ ।
नोभगोरोड स्टेडियमा इंग्ल्यान्डका स्टोनले खेलको आठौ मिनेटमा हेड गोल गर्दै सुरुवाती अग्रता दिलाए का थिए । खेलको २१ औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए ।
३६ औ मिनेटमा लिङ्गार्डले गोल गर्दै इङ्ल्याण्डलाई ३–० को स्थितीमा पु¥याए । स्टोनले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फराकिलो अन्तरको अग्रता निकाले ।
समूह जी मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ भने पानामा अंकबिहिन रहेका छन् । इंग्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराएको थियो । पानामा भने बेल्जियमसँग ३–० ले पराजित भएको थियो ।