शिवरामलाई उपाधि
बिहिबार, माघ ३, २०७५खेलपाटी संवाददाता

काठमाडौं । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहिबार दोस्रो वरियताका भुवन नगरकोटीलाई २-१ स्कोरले हराएर शिवरामले उपाधि जितेका हुन् ।
उपाधिसंगै शिवरामले ७० हजार नगद पुरस्कार जितेका छन् । उपविजेता भुवनले ४० हजारमा चित्त बुझाए ।
दिनेश प्रजापति तेस्रो बन्दै २८ हजार प्राप्त गरे । चौथो बनेका रामे मगरले २० हजार नगद पुरस्कार पाए ।
क्वाटरफाइनलमा पराजित भएका दिपक मगर, भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र बल बहादुर राईले समान ११/११ हजार प्राप्त गरे ।
पहिलो चरणमा पराजित धन बहादुर थापा, रबि खड्का, दिपक आचार्य, संजय लामा, पशुपति शर्मा, प्रदिप कुमार लामा, विकास अधिकारी र सुर्य प्रसाद शर्माले ६/६ हजार प्राप्त गरे ।
प्रतियोगिता १६ प्रोफेसनल गल्फरको सहभागिता रहेको थियो ।






-1761584666208.jpeg&w=3840&q=75)







-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)