सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

साकिबमाथि हत्यामा संलग्न रहेको आरोप

शनिबार, ०८ भाद्र २०८१खेलपाटी संवाददाता
साकिबमाथि हत्यामा संलग्न रहेको आरोप
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेशका स्टार क्रिकेटर साकिब अल हसन हत्यामा संलग्न रहेको आरोप लागेको छ। हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए।

साकिबसहित १४७ जनामाथि एक विद्यार्थीको हत्या गरेको आरोप छ। ५ अगस्टमा गोली लागेर रुबेल इस्लामको मृत्यु भएको थियो। उक्त विद्यार्थीका बुबा रफिकुल इस्लामले ढाकामा एफआईआर दर्ता गरेका छन्। 

डेली स्टारको रिपोर्टका अनुसार रफिकुलले अगस्ट ५ मा उनका छोरा रुबेल अदबरको रिङरोड क्षेत्रमा विरोध प्रदर्शन गरिरहेको बताएका छन्। जसमा रुबेलसँगै अन्य धेरै विद्यार्थी पनि थिए। साकिबसहित १४७ जनालाई आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिएको आरोप लागेको थियो। गोली लागेर घाइते भएका रुबेललाई अस्पतालमा भर्ना गरिएको थियो तर २ दिनपछि उनको मृत्यु भएको थियो। त्यसपछि बाबुले प्रहरी चौकीमा उजुरी दिएका थिए।

रफिकुलले साकिबविरुद्ध मात्र नभई पूर्व प्रधानमन्त्री शेख हसिना, वकिल र धेरै पूर्वमन्त्रीहरूविरुद्ध पनि मुद्दा दायर गरेका छन्। १४७ अभियुक्तमध्ये अधिकांश शेख हसिनाको पार्टी अवामी लिगका हुन्।

३७ वर्षीय साकिब अवामी लिगका पूर्वसांसद हुन्। देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। उनले पनि देश छाड्नुपर्‍यो। हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार सम्हालेका छन्।

साकिब हाल बंगलादेश क्रिकेट टोलीको तर्फबाट पाकिस्तानमा टेस्ट खेल्दै छन्। उनको टोलीले टेस्ट सिरिजको पहिलो खेल रावलपिण्डीमा खेल्दैछ। सिरिजमा २ टेस्ट खेलिने छ भने दोस्रो खेल पनि अगस्ट ३० बाट रावलपिण्डीमा हुनेछ।

पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्त ७ मा मृत्यु भएको थियो। एफआईआरमा साकिबलाई २७ वा २८ नम्बरमा आरोपी बनाइएको छ। ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब बंगलादेशमा नभएको पनि रिपोर्टले जनाएको छ।

बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका क्रममा साकिब क्यानडामा थिए। शकिबले २६ जुलाईदेखि ९ अगस्टसम्म क्यानडामा भएको ग्लोबल ट्वान्टी–२० लिगमा भाग लिएका थिए। यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए।

बंगलादेशका यो स्टार अलराउन्डर मैदानमा र बाहिर विवादका कारण प्रायः चर्चामा रहन्छन्। यसै वर्षको अप्रिलमा उनको ग्राउन्ड स्टाफसँग झगडा भएको थियो। उनको फोन खोस्ने प्रयास गरेको भन्दै थप्पड हान्ने धम्कीसमेत दिएका थिए। यसका साथै उनले विपक्षी टोलीका खेलाडी र अम्पायरसँग पनि धेरै पटक मैदानमा झगडा गरेका छन्।

साकिब यसै वर्षको जनवरीमा अवामी लिगको टिकटबाट सांसद बनेका थिए। तर, प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो।

३७ वर्षीय अनुभवी खेलाडी साकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ ट्वान्टी–२० खेल खेलेका छन्। यस अवधिमा उनले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन्। जहाँ एकदिवसीय अन्तर्राष्ट्रियमा उनको नाममा ७५७० रन र ३१७ विकेट छ। ट्वान्टी–२० मा उनले २५५१ रन र १४९ विकेट लिएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी