काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रमका बीच प्रतियोगिताको लोगो सार्वजनीक गरेको हो । सोही कार्यक्रममा मिति समेत सार्वजनीक गरिएको थियो ।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो ।
यसअघि घोषणा गरिएको नेपाल टी ट्वान्टी लिगको च्याप्टर क्लोज गर्दै क्यानले एनपीएलको नयाँ सिजन सार्वजनीक गरेको हो ।
सार्वजनीक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ । बलमा नेपालको चन्द्र सुर्य राखिएको छ ।
क्यानले ६ शहरलाई फ्रेन्चाईज नाम दिएर एनपीएलको प्रतिस्पर्धामा उतार्दैछ । नेपालका उच्च कर्पोरेट घरानाले फ्रेन्चाईज टिम लिनका लागि क्यानमा आवेदन दिएका छन् ।