काठमाडौं। पाकिस्तान र बंगलादेशबीचको दोस्रो टेस्ट रावलपिण्डीमा हुने भएको छ।
यसअघि यो टेस्ट कराँचीमा हुने तय थियो। च्याम्पियन्स ट्रफी २०२५ लाई ध्यानमा राख्दै कराँचीको नेसनल स्टेडियममा निर्माण कार्य भइरहेको छ।
यसअघि अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म हुने दोस्रो टेस्ट कराँचीमा दर्शकविना खेलिने बताइएको थियो। तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसलाई रावलपिण्डीमा सारेको हो। त्यहीं पहिलो टेस्ट पनि हुनेछ। अब दर्शक पनि यो खेलको हिस्सा बन्न सक्नेछन्।