केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
आइतबार, भदौ २, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ।
संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३औं वार्षिक साधारण सभा गर्न लागेको हो। महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्ट्स खेलका आगामी कार्य योजना तय गर्ने संघले जनाएको छ।
संघले आगामी कात्तिकमा सुदूरपश्चिम प्रदेशमा केन्पो खुकुरी मार्सल आर्ट्स प्रतियोगिता आयोजना गर्ने भएको छ। त्यसै गरी यसै वर्षभित्र पोर्चुगलमा आयोजना हुने प्रतियोगितामा पनि खेलाडीलाई भाग लिनका लागि पठाइने संघले जनाएको छ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)