काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले महिला टी–२० विश्वकप आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को प्रस्तावलाई अस्वीकार गरेको छ। आईसीसीले अब अगस्ट २० मा अन्तिम निर्णय लिनुपर्नेछ।
अक्टोबर ३ देखि अक्टोबर २० सम्म आयोजना हुने प्रतियोगिताको आयोजकत्वबाट भारतपछि हटेपछि श्रीलंका र युएई मात्रै बाँकी छन्।
बीसीसीआई सचिव जय शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, 'उनीहरूले (आईसीसी) हामीलाई विश्वकप आयोजना गर्ने प्रस्ताव राखेका थिए। तर मैले अस्वीकार गरें। वर्षाको मौसम छ र सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले अर्को वर्ष एकदिवसीय विश्वकप आयोजना गर्नुपर्छ। त्यसैले लगातार दुई विश्वकप आयोजना गर्न चाहन्छौं भन्ने गलत सन्देश दिन चाहन्नौं।'
बंगलादेश अहिले सरकार विरोधी आन्दोलनका कारण हिंसा र सुरक्षा चुनौतीसँग संघर्ष गरिरहेको छ। त्यसैले आईसीसीले बंगलादेशलाई आयोजक राष्ट्रको रूपमा बदल्ने विचार गरिरहेको छ।
बंगलादेशमा धेरै मानिसको मृत्यु भइसकेको छ र त्यहाँकी प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरिएको छ।