काठमाडौं। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पाकिस्तानमा हुने दुई टेस्टको शृंखलाका लागि पाँच तीव्र गतिका बलरलाई टोलीमा समावेश गरेको छ। तस्किन अहमद दोस्रो खेलका लागि मात्र उपलब्ध हुनेछ ।
पछिल्लो पटक सन् २०२३ को जुनमा टेस्ट खेलेका अहमदले यस वर्षको ट्वान्टी–२० विश्वकपअघि सेतो बलको क्रिकेटमा ध्यान केन्द्रित गरेका थिए ।
पहिलो टोलीमा फर्कनुअघि उनले पाकिस्तान भ्रमणमा रहेको बंगलादेश 'ए' बाट खेल्नेछन् ।
विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमले गत वर्ष डेब्यु गरेका २२ वर्षीय शहादत हुसेनको स्थानमा १६ सदस्यीय टोलीमा पुनरागमन गर्दै आफ्नो ८८ टेस्ट क्याप थप्ने भएका छन् ।
लाहोरमा अभ्यास का लागि बंगलादेशले मंगलबार निर्धारित समयभन्दा अगावै पाकिस्तानको भ्रमण गर्नेछ । पहिलो टेस्ट अगस्ट २१ देखि रावलपिण्डीमा सुरु हुनेछ ।
बंगलादेशको टोलीः
नजमुल हुसेन शान्तो (कप्तान), महमुदुल हसन जोय, शादमान इस्लाम, मोमिनुल हक, मुशफिकुर रहीम, शाकिब अल हसन, लिटन कुमार दास, मेहदी हसन मिराज, तैजुल इस्लाम, नईम हसन, नाहिद राना, शोरिफुल इस्लाम, हसन महमूद, तस्कीन अहमद र सैयद खालिद अहमद ।