लिभरपुलको जितमा डियाजको दुई गोल
आइतबार, साउन २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। लुइस डियाजको दुई गोलसँगै लिभरपुले प्रि–सिजन मैत्रीपूर्ण खेलमा सेभिल्लालाई पराजित गरेको छ।
आइतबार भएको खेलमा प्रिमियर लिग क्लब ४–१ ले विजयी भएको हो। ३०औं मिनेटमै डियागो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। त्यको ९ मिनेटपछि डियाजले अर्को गोल थपे।
पहिलो हाफको इन्ज्युरी समयमा डियाजले व्यक्तिग दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। ६६औं मिनेटमा जेरार्ड पेकले सेभिल्लाका लागि गोल गरेका थिए। तर, एक मिनेटपछि नै ट्रेमोरिस बर्डले गोल गर्दै लिभरपुललाई ४–१को जित दिलाए।