लियोनमाथि आर्सनलको सहज जित
आइतबार, साउन २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। आर्सनलले प्रि–सिजन मैत्रीपूर्ण खेलमा लियोनमाथि सहज जित हासिल गरेको छ।
आइतबार सम्पन्न खेलमा प्रिमियर लिग क्लब २–० ले विजयी भएको हो। आर्सनलका लागि विलियम सालिबा र गेब्रियल मैगल्हेल्सले गोल गरे।
सालिबाले नवौं मिनेटमै आर्सनलाई सुरुआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा गेब्रियलले अर्को गोल थपे। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।