मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फेरि ओलम्पिक स्वर्णका लागि खेल्दै मार्टा

शनिबार, २६ श्रावण २०८१खेलपाटी संवाददाता
फेरि ओलम्पिक स्वर्णका लागि खेल्दै मार्टा
mustang rice ad

काठमाडौं। २० वर्षअघि पहिलोपल्ट एथेन्स ओलम्पिक खेल्दा ६ पटककी विश्व वर्ष खेलाडी मार्टा १८ वर्षकी थिइन्। उक्त ओलम्पिकमा स्वर्ण पदकका लागि भएको फाइनलमा अमेरिकासँग ब्राजिल २–१ ले पराजित भएको थियो।

सन् २००८ को बेइजिङ ओलम्पिकमा यी दुई टोली फेरि फाइनलमा आमनेसामने भए। यो खेलमा पनि ब्राजिल १–० ले पराजित हुँदै रजत पदकमा खुम्चियो।

यसपल्ट ब्राजिलले फेरि ओलम्पिक फाइनलमा अमेरिकाको सामना गर्नेछ। शनिबार पेरिसको पार्क डेस प्रिन्सेसमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ब्राजिलकी मार्टा पनि पुनः एकपल्ट मैदान उत्रिने छिन्।

३८ वर्ष पुगेकी मार्टाले ६ ओलम्पिक र ६ महिला विश्वकप खेलेकी छन्। करिअरको अन्त्यनजिक पुगेकी उनलाई अब लागेको छ– अर्को पुस्तालाई टिम हस्तान्तरण गर्ने समय आइसकेको छ। त्यसैले पनि उनले यो नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने उद्घोष गरिसकेकी छन्। यद्यपि, यति धेरै ठूला प्रतियोगिता खेलेर पनि उनले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेकी छैनन्।
 
त्यसैले अमेरिकालाई हराउनु र  स्वर्ण जित्नु उनका लागि यो अविस्मरणीय पल हुन सक्छ। ‘मैले फुटबलमा धेरै समय दिइसकें। १४ वर्षको हुँदा मैले घर छोडेको थिएँ। त्यसपछि म हरेक दिन फुटबलका बाँचेको छु,’ उनले प्रतियोगिताअघि एसोसिएटेड प्रेसलाई भनिन्,‘अब यहाँबाट थोरै टाढा रहेर युवा खेलाडीहरूलाई चम्कन दिनुपर्छ भन्ने मलाई लागेको छ।’

अमेरिकी टोली युवा खेलाडीहरूका लागि राम्ररी परिचित छ। उनी यही टोलीकी ओर्लान्डो प्राइडकी सहकर्मी पनि हुन्। अमेरिकी फरवार्ड सोफिया स्मिथ भन्छिन्, ‘मार्टा पक्कै पनि प्रेरणा दिने खेलाडी हुन्। उनकै खेल हरेर म हुर्केको थिएँ। उनीविरुद्ध खेल्न पाउँदा साँच्चै भाग्यमानी ठानेको छु।’ २३ वर्षीय स्मिथ अहिले पोर्टल्यान्ड थोर्न्सका लागि खेल्छन्।

रियो दि जेनेरियोबाट करिब एक हजार २५० माइल उत्तरमा पर्ने पूर्वी ब्राजिलको डोइस रियाचोसमा जन्मिएकी हुन् मार्टा। यहीका केटाहरूसँग सडक फुटबल खेल्दै उनी हुर्केकी थिइन्। सन् २००३ मा अमेरिकामा भएको विश्वकपमा उनले डेब्यु गरेकी थिइन्। त्यतिखेर उनी १७ वर्षकी थिइन्। उनले विश्वकपमा सर्वाधिक १७ गोल गर्ने कीर्तिमान बनाएकी छन् भने १३ ओलम्पिक गोल गरेकी छन्। जुन क्रिस्टियनको कीर्तिमान भन्दा एक गोल कम हो।

मार्टाले एक सय ८४ अन्तर्राष्ट्रिय खेलमा एक सय १९ गोल गरेकी छन्। तर, आफ्नो करिअरको अन्तिम ठूलो प्रतियोगितामा भने मार्टाको यात्रा सहज हुन सकेको छैन।

समूहचरणको अन्तिम खेलमा स्पेनकी ओल्गा कार्मोनालाई फाउल गरेपछि उनले रातो कार्ड पाएकी थिइन्। योसँगै उनलाई फिफाबाट दुई खेलको प्रतिबन्ध लागेको थियो। त्यसैले उनले आयोजक फ्रान्सविरुद्धको क्वार्टरफाइनल र स्पेनविरुद्धको सेमिफाइनल खेल गुमाइन्।

तर, उनको अनुपस्थितिमा मंगलबार राति भएको खेलमा महिला विश्वकप विजेता टोलीलाई ४–२ गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनलमा पुग्न सफल भयो। ‘यी खेलमा मार्टा थिइनन्। तर, हामीले उनको लागि खेल्यौं र सफल पनि भयौं। उनीसँग खेल्ने मेरो सपना थियो। यो सपना पूरा भएको छ,’ उनका टिममेट एन्जेलिनाले भनिन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

Bajaj Pulsar Motorcycle Ad
 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो