काठमाडौं। कोलम्बोको प्रेमदासा रंगशालामा भएको तेस्रो एकदिवसीय खेलमा भारत श्रीलंकासँग ११० रनले पराजित भएको छ।
यससँगै भारतीय टोलीले २७ वर्षपछि श्रीलंकासँग एकदिवसीय शृंखला गुमाएको छ। शृंखलाको पहिलो खेल ‘टाइ’ हुँदा दोस्रो खेलमा श्रीलंका ३२ रनले विजयी भएको थियो ।
शृंखलाभर भारतीय ब्याट्सम्यानलाई श्रीलंकाका स्पिनरले दुख दिएका थिए। भारत प्रत्येक खेलमा अलआउट भएको थियो, जसमध्ये २७ विकेट श्रीलंकाका स्पिनरहरूले लिएका थिए।
कोलम्बोमा भएको तेस्रो एकदिवसीय खेलमा भारतीय बलरहरूले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। जसका कारण अविष्का फर्नान्डोले ९६ र कुशल मेन्डिसले ५९ रन बनाएर र भारतलाई २४९ रनको लक्ष्य दियो।
जवाफमा भारत एक सय ३८ रनमा अलआउट भयो। बलिङतर्फ डुनिथ वेल्सले २७ रन खर्चेर ५ विकेट लिए। अविष्का फर्नान्डो प्लेयर अफ द म्याच घोषित भए।