शीर्ष दुईमा मनाङकाे पुनरागमन

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बुधबार न्युरोड टिम (एनआरटी)लाई २–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार मात्रै विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४–२ ले पराजित गर्दै एनआरटी शीर्ष दुईमा उक्लिएको थियो। त्यसको अर्को दिन मच्छिन्द्र फुटबल क्लबलाई मनाङले ३–२ ले नतिजा सुम्पियो। योसँगै मनाङ अंक तालिकामा एनआरटीसँग पछि परेको थियो।
छैटौं जितसँगै मनाङले १८ अंक जोडेको छ। आठ खेलमा मनाङले दुई खेलमा भने हार बेहो¥यो। मनाङ शीर्ष स्थानमा रहेको नेपाल पुलिसभन्दा एक अंकले पछि छ। पुलिसले भने एक खेल कम खेलेको छ। समान खेलबाट एनआरटीको १६ अंक छ। एनआरटीले पाँच जित, एक बराबरी र एक हार बेहोरेको छ।
बुधबार लिगको आठौं खेलमा दर्शन अधिकारी र सुजल डंगोलले गोल गर्दै मनाङलाई पुरानै स्थानमा फर्काए। २९औं मिनेटमा दर्शनले मनाङलाई सुरुआती अग्रता दिलाए। एनआरटीका खेलाडीले सागर मगरले दर्शनलाई बल उपलब्ध गराइदिनुअघि नै लाइन क्रस गर्दै आउट गएको भन्दै अपिल गरेका थिए। तर, रेफ्री ईश्वर कार्कीले उक्त अपिल अस्वीकार गर्दै गोलको मान्यता दिए। यद्यपि, ४२औं मिनेटमा कप्तान सन्तोष गोन्गबाले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए। मनाङका खेलाडीबीच पासमा तालमेल नमिल्दा प्राप्त भएको बल अंकित थापाले अगाडि दिएका थिए। उक्त बल नियन्त्रणमा लिँदै सन्तोषले वान भर्सेस वानमा सुन्दर गोल गरे।
४७औं मिनेटमा एनआरटी १० खेलाडीमा समेटियो। पुष्कर गोलेले सुजल डंगोललाई सीधै खुट्टाले प्रहार गरेपछि रेफ्री ईश्वरले दोहोरो पहेंलो कार्ड देखाउँदै बाहिर पठाए। त्यसको फाइदा सुजलले नै उठाउन भ्याए। ६१औं मिनेटमा उनले डी बक्सभित्र उपलब्ध भएको बललाई नियन्त्रण गर्दै टर्नमा गोल गरे। र, २–१ को जित दिलाए।







-1774661800099.webp&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)
