रावलपिण्डीमा हुने दुई टेस्ट शृंखलामा शंका
मंगलबार, २२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशको सिनियर पुरुष टोलीको अगस्ट २१ बाट रावलपिण्डीमा सुरु हुने दुई टेस्टको शृंखलामा शंकाको बादल मराडिएको छ।
बंगलादेशमा जारी नागरिक अशान्तिले पूर्वप्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन र देश छोड्न बाध्य पारेको छ।
बंगलादेशको सिनियर टोलीले रावलपिण्डी (२१-२५ अगस्ट) र कराँची (३० अगस्ट ३ सेप्टेम्बर) मा दुई टेस्ट खेल्ने तालिका छ। तर, हालको परिस्थितिमा राष्ट्रिय टोलीलाई यात्रा कठिन हुन सक्छ।
बंगलादेश ‘ए’ टोलीको पाकिस्तान भ्रमण पनि शंकास्पद छ। पूर्व टेस्ट कप्तान मोमिनुल हकले पाकिस्तान (ए) विरुद्धको सिरिजमा खेल्ने भएका थिए।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)


