बिहिबार, ३१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्ने

सोमबार, २१ श्रावण २०८१खेलपाटी संवाददाता
फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनल प्रवेशक लागि इरानको सामना गर्ने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। भारत १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो। भारतले इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै, नेपालसँग भने ३–२ को सेटमा पराजित भयो।

लिग चरणका सबै खेल खेलिसकेको इरानले सात अंक जोड्यो भने माल्दिभ्ससँग खेल्न बाँकी नेपालको पाँच अंक रहेको छ। इरानले श्रीलंका तथा नेपाललाई ३–२ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। 

नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पारेको थियो।

दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले नतिजा सुम्पियो।

श्रीलंकाले भने चार अंकमात्रै जोड्न सक्यो। उसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो भने इरानसँग एक अंक खोस्यो। पाँच टोली सहभागी प्रतियोगितामा श्रीलंका चौथो स्थानमा रह्यो। माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिइसकेको छ। काभाले लिगचरणमा शीर्ष स्थानमा रहनेले चौथो र दोस्रो स्थानमा रहनेले तेस्रो स्थानमा खेल्ने तय गरेको थियो। 

त्यसकारण नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपनि आठ अंक जोड्ने छ। यसको मतलब नेपाल लिगचरणमा दोस्रो हुनेछ। पराजित भए नेपाल तेस्रो स्थानमा रहने छ। त्यसैले लिगचरणको अन्तिम खेलको नतिजाले नेपालको सेमिफाइनल समीकरण बिगार्ने छैन।  

यसअघि युवा खेलाडीले भरिएको इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो। नेपाल त्यही हारको बदला लिने लक्ष्यमा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार