चौथो जितको खोजिमा टोरेन्टो
सोमबार, २१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्सले ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा सोमबार मन्ट्रेल टाइगर्ससँग प्रतिस्पर्धा गर्दैछ। टोरेन्टो चौथो जितको खोजिमा हुनेछ।
खेल राति १:४५ बजे सुरु हुनेछ। लिगका ६ खेल सकिँदा टोरेन्टो सात अंकसहित तेस्रो स्थानमा छ। टोरेन्टोले तीनमा जित र दुईमा हार बेहोरेको छ। एक खेल भने वर्षका कारण अवरुद्ध भएको थियो।
समान अंक रहेको टाइगर्स दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको टाइगर्सले तीन जित र एक हार बेहोरेको छ। एक खेल भने वर्षाले प्रभावित पारेको थियो।
पछिल्ला तीन खेलमा रोहितले प्लेइङ ११ मा स्थान बनाउन सकेका छैनन्। सरे जगुआरविरुद्ध प्लेइङ ११ मा स्थान बनाएका उनी चल्न सकेनन्। २५ बल खेलेका उनले १० रन मात्रै बनाएका थिए। त्यसयता उनी टोलीमा स्थान बनाउन संघर्षरत छन्।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)