शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

शीर्ष स्थानमा उक्लिन माल्दिभ्ससँग भिड्दै नेपाल

सोमबार, २१ श्रावण २०८१खेलपाटी संवाददाता
शीर्ष स्थानमा उक्लिन माल्दिभ्ससँग भिड्दै  नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा सोमबार घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न ३:१५ बजे सुरु हुनेछ। दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

जारी लिगमा नेपाल उत्कृष्ट लयमा थियो। नेपालले पहिलो खेलमा उपाधि जित्ने लक्ष्यसाथ काठमाडौं उत्रिएको श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पारेको थियो।

दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले नतिजा सुम्पियो। योसँगै नेपालको शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ। 

सात अंकसहित भारत शीर्ष स्थानमा छ। समान अंकसहित इरान दोस्रो स्थानमा छ। यद्यपि, भारतले एक खेल कम खेलेको छ। भारतले लिग चरणको अन्तिम खेल सोमबार नै श्रीलंकासँग खेल्ने छ। श्रीलंकालाई पराजित गरे भारतले फाइनल प्रवेशका लागि सेमिफाइन यही टोलीसँग खेल्ने लगभग पक्का हुनेछ। 

लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ। श्रीलंका चार अंकसहित चौथो स्थानमा छ। ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। यदि श्रीलंकाले भारतलाई पराजित गरे र प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्समाथि नेपालले जित हासिल गरे समीकरण बद्लिन सक्छ।

तर, भारत पराजित नभए नेपालले सेमिफाइनलमा इरानकै सामना गर्नुपर्ने हुन्छ। अहिलेसम्मको समीकरण हेर्दा नेपालले सेमिफाइनलमा इरान र भारतले श्रीलंकाको सामना गर्ने लगभग पक्का भइसकेको छ।

श्रीलंकाले यसअघि नेपालसँग ३–० र इरानसँग ३–२ सेटमा हार बेहोरेको थियो। आइतबार भएको खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा