• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
श्रीलंकाका स्पिनरसामु निरीह भारत
खेलपाटी संवाददाता
सोमबार, साउन २१, २०८१ खेलपाटी संवाददाता
श्रीलंकाका स्पिनरसामु निरीह भारत

काठमाडौं। ट्वान्टी–२० मा श्रीलंकालाई पराजित गरेको भारतीय टोली एकदिवसीय शृंखलामा संघर्षरत देखिएको छ। कोलम्बोमा भएको पहिलो  खेल बराबरीमा सकिएको थियो।

दोस्रो खेलमा भारत ३२ रनले पराजित भएको छ। श्रीलंकाका स्पिनर जेफ्री भान्डरसेले ३३ रन खर्चेर ६ विकेट लिँदै भारतलाई लक्ष्य हासिल गर्नबाट रोकेका थिए। बलिङतर्फ श्रीलंकाका कप्तान चरिथ असालंकाले पनि २० रन खर्चेर तीन विकेट लिए।

अविष्का फर्नान्डो (४०), कामिन्दु मेन्डिस (४०) र दुनित वेलाल्ज (३९) को उपयोगी इनिङ्सको मद्दतमा श्रीलंकाले भारतलाई जितका लागि २४१ रनको लक्ष्य दिएको थियो।

जवाफमा रोहित शर्माले ६४ र अक्षर पटेलले ४४ रन बनाए पनि अन्य ब्याट्सम्यानले सम्हालिएर नखेल्दा भारत ३२ रनले पराजित भएको हो। जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ। शृंखलाको अन्तिम खेल बुधबार हुनेछ।

भारतीय टोलीले राम्रो सुरुआत गरेको थियो। रोहितले एक एन्डबाट तीव्र गतिमा रन बनाएका थिए। रोहित र शुबमन गिलले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे। रोहितले ४४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६४ रन बनाए। 

शुबमनले ४४ बलमा ३५ रन बनाए भने विराट कोहलीले १४ रन बनाए। श्रीलंकाका बलर जेफ्री भान्डरसेले भारतीय ब्याट्सम्यानमाथि दबदबा कायम राखेका थिए। जेफ्रीले ७ ओभरमा ६ विकेट लिए। यसले भारतीय ब्याट्सम्यानलाई समस्यामा पार्‍यो।

मिडिल अर्डरमा अक्षर पटेलले मात्र स्पिनरसँग सम्हालिएर खेलका थिए। तर, उनी ४४ रनको स्कोरमा असालंकाको हातबाट क्याच आउट भए। पुछारका ब्याट्सम्यान कुलदीप, मोहम्मद सिराज र अर्शदीपले दबाब थेग्न नसक्दा टोली २०८ रनमा समेटियो। 

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनाएको थियो। श्रीलंकाको सुरुआत खराब रह्यो। पटुम निसानका खाता नखोली पेभेलियन फर्किए। उनलाई सिराजले विकेटकिपर केएल राहुलको हातबाट क्याच आउट गराए। त्यसपछि अविष्का फर्नान्डो र कुसल मेन्डिसले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरे। 

वाशिंगटन सुन्दरले १७ औं ओभरमा अविष्कालाई आफ्नै बलमा क्याच आउट गराएर भारतलाई दोस्रो विकेट दिलाए। त्यसपछि कुशल मेन्डिस र सदिरा समरविक्रमाले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे।

अक्षर पटेलको बलमा कोहलीको हातबाट क्याच आउट भएका सदिराको रुपमा श्रीलंकाको चौथो विकेट १ रनमा झरेको थियो। डुनित वेलालेजले ३९ र कामिन्दु म्याडिन्सले ४४ बलमा ४० रनको उपयोगी इनिङ्स खेल्दै टोलीको स्कोर २४० रनसम्म पुर्‍याए।

भारतका लागि वासिङ्टन सुन्दरले ३० रन खर्चेर तीन विकेट लिए। कुलदीप यादवले ३३ रन खर्चेर दुई विकेट लिए। मोहम्मद सिराज र अक्षर पटेलले समान एक–एक विकेट लिए भने २ खेलाडी रनआउट भए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP