विश्वकप लिग-२ : देव र भीमसहित २२ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ।
क्यानले आइतबार घरेलु टोलीसँगै नेपाल र ओमानबीच हुने सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। यसअघि आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागी भएका प्रतिश जिसी र अभिनास बोहरा बन्द प्रशिक्षणमा परेका छैनन्।
देव खनाल, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउदलाई टोलीमा बोलाइएको छ।
नेपालले लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सिरिज खेलेको थियो। नेपालले एक खेल जितेको थियो भने तीनमा पराजय बेहोरेको थियो।
बन्द प्रशिक्षणमा परेका खेलाडी
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा।