• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
चार जिल्ला फुटबल संघलाई कारबाही गर्ने एन्फाको तयारी
खेलपाटी संवाददाता
बुधबार, माघ २, २०७५ खेलपाटी संवाददाता
चार जिल्ला फुटबल संघलाई कारबाही गर्ने एन्फाको तयारी
फाईल फोटो : एन्फा निर्वाचनमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आन्दोलनरत चार जिल्ला फुटबल संघलाई कारबाहीको तयारी गरेको छ । नेतृत्वविरुद्वको गतिविधिमा संलग्न रहेको भन्दै एन्फाले चार जिल्ला फुटबल संघलाई कारबाहीको तयारी गरेको हो ।

एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाउँदै चार जिल्ला फुटबल संघले एन्फा नेतृत्वविरुद्व शुद्विकरण अभियान चलाउने घोषणा गरेका थिए । सोही अनुसार चार जिल्ला फुटबल संघले एन्फा नेतृत्व सहित कार्यसमितिविरुद्व चरणबद्व रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

एन्फाले आन्दोलनरत चार जिल्ला फुटबल संघका पदाधिकारीलाई यसअघि स्पष्टिकरण समेत माग गरेको थियो । चार जिल्ला फुटबल संघले एन्फालाई स्पष्टिकरण समेत बुझाईसकेका छन् ।

‘स्पष्टिकरण प्राप्त भएको छ । आगामी कार्यसमिति बैठकले कारबाहीको प्रक्रिया अघि बढाउने छ ।’ एन्फाका एक पदाधिकारीले खेलपाटीसंग भने ।

कार्यसमिति बैठकले निर्णय गर्ने वा अनुशासन कमिटिमार्फत कारबाहीको प्रक्रिया अघि बढाउने बिषयमा कार्यसमिति सदस्यमा सहमती जुट्न बाँकी छ ।

एन्फाको कार्यसमिति बैठक भोली (बिहिबार) बस्दैछ । बैठकले संघको बार्षिक बजेट लगायत विविध बिषयमा निर्णय गर्ने तयारी गरेको छ ।

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङले चित्त नबुझ्दाँ एन्फाकै कमिटिमा उजुरी गर्ने व्यवस्था भएपनि चार जिल्ला फुटबल संघले विधान विपरित क्रियाकलाप गरेको बताए ।

‘विधानले संघविरुद्व अदालतमा जान नपाउने नियम छ । नेतृत्वसंग चित्त नबुझ्दा एन्फाकै लेखापरिक्षण र अनुपालन कमिटिमा उजुरी गर्न पाउने व्यवस्था छ ।’ एन्फा उपाध्यक्ष नेम्वाङले भने, ‘उहाँहरु सुरुमै मन्त्रालय, राखेप, अख्तियार, फिफा, एएफसीमा उजुरी गर्नुभएको छ । जुन गलत छ ।’

उनले चार जिल्ला फुटबल संघको बिषयमा कार्यसमितिले वृहत छलफल गर्ने र आवश्यक छानविन र कारबाहीका लागि अनुशासन कमिटिमा सिफारिस गर्ने तयारी रहेको बताए ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले वर्तमान एन्फा कार्यसमितिले पछिल्ला ९ महिनामा विभिन्न किसिमको आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाउँदै आएको छ ।

चार जिल्ला फुटबल संघले एन्फा नेतृत्वविरुद्व १४ बुँदे आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय, एएफसी र फिफामा उजुरी समेत दिएको छ ।

आन्दोनलरत पक्षले एन्फामा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएपछि सरकारले समेत छानविन समिति गठन गर्ने तयारी गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP