चेल्सीमा फिलिप
बुधबार, साउन १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। चेल्सीले ला लिगा क्लब भिल्लारियलबाट डेनमार्कका यु–२१ गोलकिपर फिलिप जोर्गेनसनलाई अनुबन्ध गरेको छ।
गत सिजन भिल्लारियलका नम्बर एक गोलकिपर बनेका २२ वर्षीय जोर्गेनसनले सात वर्षका लागि सम्झौता गरेको चेल्सीले जनाएको छ।
ब्रिटिस मिडियाका अनुसार उनलाई २० मिलियन पाउन्ड (२५.६७ मिलियन डलर)मा अनुबन्ध गरिएको हो। जोर्गेनसनले क्लबको वेबसाइटमा भनेका छन्, 'यो सपना साकार हुनु जस्तै हो। म चेल्सीसँग सम्झौता गर्न पाउँदा निकै उत्साहित छु, जुन विश्वको सबैभन्दा ठूलो क्लबमध्ये एक हो।'










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)