शिवराम र भुवन क्वाटरफाइनलमा
मंगलबार, माघ १, २०७५खेलपाटी संवाददाता
काठमाडौं । शीर्ष वरियताका शिवराम श्रेष्ठ र भुवन नगरकोटी सुर्य नेपाल एनपीजीए म्याच प्ले गल्फको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार नेपालका नम्बर एक गल्फर शिवरामले पशुपति शर्मालाई ७-६ ले हराए । यस्तै भुवनले दिपक आचार्यलाई अतिरिक्त होलको आधारमा हराए ।
यस्तै जयराम श्रेष्ठ, दिपक मगर, बल बहादुर राई, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पनि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
अब क्वाटरफाइनलमा शिवरामले दिपकसंग खेल्नेछन् । भुवनले बल बहादुरसंग खेल्नेछन् । यस्तै जयरामले रामे मगर र दिनेशले भुवन कुमारसंग खेल्नेछन् ।
प्रतियोगितामा १६ प्रोफेसनल खेलाडीको सहभागिता रहेको छ । विजेताले ७० हजार, उपविजेताले ४० हजार, तेस्रोले २८ र चौथोले २० हजार पाउनेछन् ।






-1761584666208.jpeg&w=3840&q=75)







-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)