बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेटलाई इतिहास रच्ने मौका

बिहिबार, ०३ श्रावण २०८१खेलपाटी संवाददाता
महिला क्रिकेटलाई इतिहास रच्ने मौका
Loading ad...
mustang rice ad

काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि हुने एसीसी महिला एसिया कप २०२४ मा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ।

नेपालले करिब आठ वर्षपछि महिला एसिया कपमा सहभागी हुन लागेको हो। नेपाली महिला क्रिकेट टिमले यसअघि दुई पटक एसिया कपमा प्रतिस्पर्धा गरिसकेको छ। सन् २०१२ मा चीनमा भएको प्रतियोगितामा भाग लिँदै नेपालले एसिया कपमा ‘डेब्यु’ गरेको थियो। २०१६ को संस्करणमा पनि सहभागिता जनाउँदै नेपालले थप महादेशीय अनुभव प्राप्त गर्‍यो। 

दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको छैन। सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो। त्यसैगरि ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन बन्दै घर फर्केको थियो।

विगत एक दशकमा पुरुष टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गर्दा महिला टोलीले भने पर्याप्त छलाङ मार्न सकेन। क्यानको अस्थिर नेतृत्वको नजरमा महिला क्रिकेट अटाउनु त दिवास्वप्न झैँ थियो। नेपाली महिला क्रिकेट एसीसीले आयोजना गर्ने क्षेत्रीय प्रतियोगितामा मात्रै सीमित थियो। अस्तव्यस्त घरेलु क्रिकेट संरचनामा महिला क्रिकेटको नाम निसान नै थिएन। 

महिला क्रिकेट सदैव एक निश्चित गति र दिशाको अभावमा रह्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु संरचना, व्यावसायिक पक्ष र महिला क्रिकेटका अन्य पक्ष छिटपुट रूपमा मात्र प्राथमिकता पर्ने गर्थ्यो। क्यानको पछिल्लो समयको सकारात्मक गतिविधि र समग्र क्रिकेट खेलप्रति सरोकारवालाहरूको लगावका कारण महिला क्रिकेटले खोजिरहेको सही दिशा प्राप्त गर्ने आशा जागेको छ।

पछिल्लो समय क्यानको फेरिएको स्वरूपले महिला क्रिकेटमाथि उक्सिनेमा आशा पलाएको छ। एसिया कप २०२४ को तयारीका लागि नेपाली महिला टोली करिब एक महिनादेखि बन्द प्रशिक्षणमा रहेको छ।  नेपालले श्रीलंकामा केही मैत्रीपूर्ण खेल खेल्ने तालिका पनि रहेको छ। नेपाली महिला क्रिकेट टिमले विरलै यस्तो तयारी गर्ने मौका पाउने गरेको छ। क्यानको वार्षिक क्यालेन्डरमा महिला टोलीको द्विपक्षीय सिरिजका लागि ठाउँ छुट्टाइएको छ। सन् २०२७ मा आयोजना हुने आइसिसी महिला यु-१९ विश्व कपको आयोजनाको जिम्मा पाएको छ। रुमल्लिएको महिला क्रिकेटले अन्ततः सही निर्देशन पाउन लागेको हो झैँ भान परिरहेको छ।

महिला टोलीलाई यसपटक अभूतपूर्व सफलता हात पार्ने मौका रहेको छ। एसिया कपमा पहिलो जित दर्ता गर्दै ऐतिहासिक खुड्किलो पार गर्ने अवसर जुटेको त छ नै भावी कदमहरूका लागि अविनाशी जगको निर्माण गर्न सकिन्छ। एसिया कपका लागि घोषणा भएको १५ सदस्यीय नेपाली टोलीमा रुविना क्षेत्री र सीता रानामगरबाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन्।

पूजा महतो, कृतिका मरासिनी, कविता कुँवर आदि महिला क्रिकेटको भावी दशक धान्न सक्ने सम्भावना बोकेको खेलाडी हुन्। क्यानको अभिभावकत्वमा खेलाडीहरूको कौशल निरन्तर निखार्न सके नेपाली महिला टोलीले फड्को मार्न सक्नेमा कुनै विमति छैन। आशा गरौँ, एसीसी महिला एसिया कप २०२४ नेपाली महिला क्रिकेटको भावी सफलताको लागि सुरुवात बिन्दु साबित हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने