काठमाडौं। इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिइसकेका छन्।
वेस्ट इन्डिजविरुद्ध खेलेको पहिलो टेस्ट उनको करियरको अन्तिम खेल थियो। तर, सन्न्यासपछि पनि उनी इङ्ल्यान्डको टेस्ट टोलीको हिस्सा रहनेछन्।
दायाँ हाते तीव्र गतिका बलरलाई टेस्ट सिरिजका बाँकी दुई खेलका लागि बलिङ मेन्टर बनाइएको छ। यद्यपी, उनी यो भूमिकामा देखिने वा नदेखिने भन्नेबारे कुनै जानकारी दिइएको छैन।
४१ वर्षीय एन्डरसनले अन्तिम टेस्टमा चार विकेट लिएका थिए। वेस्ट इन्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिजको पहिलो खेलमा इङ्ल्यान्डले एक इनिङ्स र ११४ रनको जित हात पारेको थियो।
यस खेलमा एन्डरसनले कुल चार विकेट लिएका थिए। पहिलो इनिङ्समा उनले एक विकेट लिएका थिए भने दोस्रो इनिङ्समा उनले तीन सफलता हात पारेका थिए। सिरिजको दोस्रो खेल बिहीबार (जुलाई १७) मा नटिङ्घमको ट्रेन्ट ब्रिजमा हुनेछ।
एन्डरसन टेस्ट क्रिकेटमा ७०० विकेट लिने तेस्रो बलर बनेका छन्। अहिले उनको नाममा ७०४ विकेट छ। यसअघि मुथैया मुरलीधरन (८००) र शेन वार्न (७०८) ले यो उपलब्धि हासिल गरेका थिए।