श्रीलंकालाई नेपालले दियो ११३ रनको लक्ष्य
मंगलबार, ०१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीलाई ११३ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनाएको हो।
नेपालका रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३७ रन बनाइन्। विन्दु रावलले २० रन बनाइन्। नेपाल पहिलो अभ्यास खेलमा ३२ रनले पराजित भएको थियो। यस्तै, दोस्रो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित भएको थियो।






%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)