• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पुर्नजीवित भएका रोड्रिग्वेज
खेलपाटी संवाददाता
सोमबार, असार ३१, २०८१ खेलपाटी संवाददाता
पुर्नजीवित भएका रोड्रिग्वेज

- गौरव बराल

काठमाडौं। ब्राजिल विश्वकप २०१४ को आयोजना भएको १० वर्ष नाघिसकेको छ। ब्राजिलले आयोजना गरेको विश्व कपले खेल प्रेमीलाई कैयौँ यादगार क्षणहरू प्रदान गरेको थियो।

जर्मनीको अनुशासित प्रदर्शन, लिओनल मेसीको जादु, ब्राजिलले घरेलु समर्थकसामु गरेको टिठलाग्दो प्रदर्शनदेखि कोस्टारिकाको ऐतिहासिक यात्राले उक्त विश्व कपलाई निक्कै नै स्मरणीय बनायो। 

विश्व कप २०१४ भन्ने बित्तिकै छुटाउन नहुने नाम हो, जेम्स रोड्रिग्वेज। उक्त विश्व कपमा हामेसको प्रदर्शनले सारा विश्वलाई मोहित बनाएको थियो। कोलम्बियाले १६ वर्षपछि विश्व कपमा पुनरागमन गरेको थियो।

स्टार स्ट्राइकर राडामेल फाल्काओ घाइते भएपछि ‘लोस् क्याफेटेरोस’को अग्रपंक्तिको जिम्मा हामेसले पाएका थिए। कोलम्बियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा हामेसले पाँच खेलमा ६ गोल र दुई असिस्ट गरे।

उरुग्वेविरुद्ध उनले गरेको ‘भली’ गोलले त्यस वर्षको सर्वोत्कृष्ट गोलको उपाधि ‘पुस्कास अवार्ड’ प्राप्त गरेको थियो। २२ वर्षीय रोड्रिग्वेज उक्त विश्व कपबाट एक उदाउँदा ताराका रूपमा प्रस्फुटित भएका थिए। 

बायाँ खुट्टे दक्षिण अमेरिकी प्ले मेकरहरुको खेल्ने शैली एकदमै लोभलाग्दो हुने गर्छ। छरितो पास, ड्रिब्लिङ शैली, बुझाइ र कुनै पनि क्षणमा खेल बदल्न सक्ने क्षमता हुने भएका कारण यी खेलाडीहरूको खेललाई विशेष ध्यान दिइन्छ।

कोलम्बियाले आफ्नो विश्व कप इतिहासकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा हामेसले प्रभावशाली खेल पस्किएका थिए। होसे पेकरम्यानको टिमले प्रतियोगिता भरि नै आक्रामक खेल पस्किँदै विश्वलाई लालायित पारेका थिए भने कोलम्बियाको सारा खेल हामेसको नियन्त्रणमा हुन्थ्यो। टिमको हरेक ‘मुभ’मा रोड्रिग्वेज कुनै न कुनै रूपमा समावेश रहन्थे। 

विश्व कप २०१४ बाट संसारलाई आफ्नो परिचय दिएका रोड्रिग्वेज विश्व कप सकिए लगत्तै रियाल मड्रिडमा अनुबन्धित भए। तर, मड्रिडमा उनको खेलले सोचेजस्तो उचाइ लिन सकेन। रियाल टिम भित्रै कडा प्रतिस्पर्धाका कारण हामेसले सबै खेल खेल्न पाएनन्।

प्रशिक्षक जिनेदिन जिदानको आगमनसँगै रोड्रिग्वेज टिममा अटाउन छोडे। जिदानले मिडफिल्डर इस्को, लुका मोड्रिच, टोनी क्रुस र कासिमिरोलाई रुचाउँदा रोड्रिग्वेज अधिकांश समय बेन्चमा नै बस्न बाध्य भए। 

हामेसले २०१६-१७ सिजनको समापनसँगै ऋणमा बायर्न म्युनिखमा आबद्ध भए। त्यसपश्चात् उनको अस्थिर क्लब करिअरको सुरुवात भयो। बायर्नमा स्थान बनाउन असफल भएपछि हामेसले एभर्टन, अल रायान र ओलम्पियाकोसलगायत क्लबबाट आफ्नो करिअरलाई सम्हाल्न खोजे पनि सफल भएनन्।

हाल उनी ब्रजिलियन क्लब साओ पाओलोमा आबद्ध छन्। त्यहाँ पनि हामेसले प्रभाव पार्न सकेका छैनन्। २०२३ बाट साओ पाओलोमा आएका हामेसले केवल १८ खेल खेलेका छन्। क्लबबाट प्राथमिकतामा नपरे पनि रोड्रिग्वेज कोलम्बियाका लागि सदैव महत्त्वपूर्ण खेलाडी रहे।

विश्व कप २०१४ बाट उदाएको करिब १० वर्ष पछि हामेसले पुनः लय समातेका छन्। कोलम्बियालाई दोस्रो पटक कोपा अमेरिका फाइनल पुर्‍याउने क्रममा हामेसले ६ असिस्ट र एक गोल गरे। यस संस्करणको कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी घोषित रोड्रिग्वेज २०२१ को कोपा अमेरिकाको लागि टोलीमा नै अटाएका थिएनन्।

प्रशिक्षक नेस्टर लोरेन्जोको टोलीमा रोड्रिग्वेज महत्त्वपूर्ण सदस्य बनेका छन्। आशा गरौँ, कोलम्बियन जादुगर रोड्रिग्वेजले यस लयलाई कायम राख्दै खेल प्रेमीलाई मोहित पारिरहने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP