हरमनप्रीतको कप्तानीमा एसिया कप खेल्ने भारतीय टोलीको घोषणा

काठमाडौं। भारतले महिला एसिया कपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। हाल भारतले दक्षिण अफ्रिकासँग टी–२० सिरिज खेलिरहेको छ, जसमा १७ मध्ये १५ सदस्य एसिया कप टोलीका सदस्य छन्।
यो सिरिजमा सहभागी भएका अमनजोत कौर र शबनम शकीलले १५ सदस्यीय भारतीय टोलीमा मौका पाएका छैनन्। श्वेता सहरावत, साइका इशाक, तनुजा कंवर र मेघना सिंहलाई ट्राभल रिजर्भको रुपमा यो टिममा राखिएको छ। सन् २०२२ मा श्रीलंकालाई पराजित गर्दै भारत एसिया कपको विजेता बनेको थियो र अब उसले श्रीलंकामा उपाधि रक्षा गर्नुपर्ने छ।
कप्तान हरमनप्रीत कौर र उपकप्तान स्मृति मन्धानाको कप्तानीमा रहेको टोलीमा दयालन हेमलता, शेफाली वर्मा र जेमिमा रोड्रिगेज पनि छन्। टोलीमा ऋचा घोष र उमा क्षेत्री छन् भने पूजा वस्त्राकर र दीप्ति शर्माले क्रमशः तीव्र गतिको बलिङ र स्पिन अलराउन्डरको भूमिका निर्वाह गर्नेछन्।
तीव्र गतिको बलिङको नेतृत्व रेणुका सिंह र अरुन्धती रेड्डीले गर्नेछन् भने स्पिन विभागको नेतृत्व लेग स्पिनर आशा शोभना, अफ स्पिनर श्रेयांका पाटिल र बायाँ हाते स्पिनर राधा यादवको काँधमा हुनेछ।
भारतले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि उसले समूह चरणको खेलमा युएई र नेपालको सामना गर्नुपर्नेछ। सेमिफाइनल र फाइनलसहित सबै १५ खेल दाम्बुलामा खेलाइनेछ। आगामी अक्टोबरमा बंगलादेशमा हुने टी–२० विश्वकपको तयारीका लागि यो निकै महत्वपूर्ण प्रतियोगिता हो।
भारतीय टोली
हरमनप्रीत कौर (कप्तान), स्मृति मंधाना (उपकप्तान), शेफाली वर्मा, दयालन हेमलता, उमा छेत्री (विकेटकीपर), ऋचा घोष (विकेटकीपर), जेमिमा रोड्रिगेज, सजीवन सजना, दीप्ति शर्मा, श्रेयंका पाटिल, राधा यादव, आशा शोभना, पूजा वस्त्राकर, रेणुका सिंह ठाकुर, अरुधति रेड्डी।
ट्रेवलिंग रिजर्व: श्वेता सहरावत, साइका इशाक, तनुजा कंवर, मेघना सिंह










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

