बलिङ वरीयताको शीर्ष १०० मा सोमपाल र दीपेन्द्रमात्रै
बुधबार, १२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। आइसिसी ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीमात्रै अटाएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा तीव्र गतिका बलर सोमपाल ९१औं स्थानमा यथावत् छन्।
स्पिनर दीपेन्द्र भने एक स्थान तल खस्किँदै ९७औं स्थानमा पुगेका छन्। यसअघि उनी ९६औं स्थानमा थिए।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









