दुई कप्तानको पेनाल्टी गोल, फ्रान्स अन्तिम १६ मा
मंगलबार, ११ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। दुई पेनाल्टी गोल भएको खेलमा फ्रान्स र पोल्यान्ड बराबरीमा रोकिएका छन्।
सिग्नल इडुना पार्क मंगलबार राति सम्पन्न समूह डी को खेलमा फ्रान्स र पोल्यान्डले १-१ गोलको बराबरी खेलेका हुन्।
योसँगै फ्रान्स समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ। फ्रान्सले तीन खेलबाट ५ अंक जोड्यो। समान खेलबाट १ अंक जोडेको पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।
फ्रान्सका कप्तान केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए। पोल्यान्डा कप्तान रबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै गोल फर्काएका थिए।





-1771592656087.jpeg&w=3840&q=75)
-1771557471194.webp&w=3840&q=75)


-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)



