अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी नगदसहित सम्मानित

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टंकलाल घिसिङले उनीहरूलाई आइबार सम्मानित गरेका हुन्।
सो अवसरमा आईसीसी पुरुष टी-२० वर्ल्ड कप फाइनल एशियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टोलीले २ करोड ४ लाख ७५ हजार नगद पुरस्कारसहित सम्मान गरियो। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईंले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पारे।
१९औँ एशियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गरिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार प्राप्त गरे।
एशियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गरे। यसरी कबड्डी टोलीले ४८ लाख १० हजार नगद प्राप्त गरे।
यसैगरी, चौथो एशियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गरे। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे।







-1762154705887.png&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


