एपिएफसँग सुदूरपश्चिम पराजित
शुक्रबार, जेठ २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि सहज जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा एपिएफले सुदूरपश्चिमलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
एपिएफले २५-१६, २५-२१ र २५-२२ ले खेल आफ्नो पक्षमा पार्यो।
















