अन्तिम खेलमा बूढानीलकण्ठको जित
शुक्रबार, जेठ २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं । बूढानीलकण्ठ भलिबल क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३-२ सेटमा पराजित गर्यो।
पहिलो तथा तेस्रो सेट २३-२५ र १२-२५ ले गुमाएको बूढानीलकण्ठले अन्य सेट २५-१२ २५-१८, १६-१४ ले आफ्नो पक्षमा पार्यो।
जितसँगै बूढानीलकण्ठले सात खेलमा दुई अंक जोड्यो।
















