हेल्प नेपालसँग पुलिस पराजित
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार सम्पन्न खेलमा हेल्प नेपालले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
हेल्प नेपालले २५-२१, २५-२२ र २५-२० ले खेल आफ्नो पक्षमा पार्यो।











-1768358228603.webp&w=3840&q=75)





