एआईए बास्केटबलमा ६६ टिम
बिहिबार, जेठ २४, २०८१खेलपाटी संवाददाता
काठमाडौं। अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ६६ टिमको सहभागिता रहने आयोजकले जनाकारी दिए। सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ। खेल लिग कम नकआउट आधारमा हुनेछ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने जनाइएको छ। तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ।