पुलिसको लगातार चौथो जित
मंगलबार, २२ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न पहिलो खेलमा पुलिसले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पुलिसले २५–१६, २५–१५ र २५–२२ ले जित्यो। कोशीको यो लगातार चौथो हार हो।













-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)

