सुदूरमाथि गण्डकीको सहज जित
आइतबार, जेठ २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं । आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल एसोसिएसनले सहज जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डमा सम्पन्न खेलमा गण्डकीले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
गण्डकीले पहिलो सेट २२-२५, दोस्रो सेट २२-२५, तेस्रो सेट १८-२५ले आफ्नो पक्षमा पार्न सफल भयो।
यसअघि गण्डकीले आफ्नो पहिलो खेलमा विभागिय टोलि एपीएफ क्लबलाई ३-१ ले पराजित गरेको थियो भने सुदूर नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


