नेपालमा तेस्रो पटक एसिया रग्बी हुँदै

काठमाडौं। एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा असोज १८ देखि २० गते एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री–२०२४ प्रतियोगिता हुने भएको छ।
गत वर्षहरुमा नेपाल रग्वी संघले नेपालको ईतिहासमा पहिलो पटक एसिया रग्वी यु १८ सेभेन्स २०२२ र दोस्रो पटक एसिया रग्वी यु २० सेभेन्स २०२३ को सफल आयोजना गरेपछि नेपालले प्राप्त गरेको यो तेस्रो सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय रग्वी प्रतियोगिता हो ।
नेपालले विगत २०१६ देखि “एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्रि मा निरन्तर रुपमा महिला तथा पुरुष रग्वी टिमलाई सहभागि गराँउदै आइरहेको छ । गतवर्ष कतारमा सम्पन्न भएको एसिया रग्वी सेभेन्स ट्रफ्री २०२३ मा पुरुष टिमको उत्कृष्ट प्रर्दशनमा साउदी अरेयिबा र किर्गिस्तानलाई पराजित गरेको थियो ।
एसिया रग्वी सेभेन्स ट्रफ्रि– २०२४ प्रतियोगितामा एसियाका नेपालसहित २१ वटा देशहरुको सहभागिता रहनेछ । जसमा पुरुष रग्वी सेभेन्स तर्फ १८ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले एसिया रग्वीको ट्रफी प्राप्त गर्ने छन् ।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)