एमरी २०२९ सम्म एस्टन भिल्लासँग रहने
बिहिबार, जेठ १७, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। उनाई एमरीले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लासँग सन् २०२९ सम्मको नयाँ सम्झौता गरेका छन्।
एमरी अक्टोबर २०२२ मा भिल्लामा आबद्ध भएका थिए। त्यतिखेर भिल्ला रेलिगेसन जोनभन्दा तीन अंकले मात्र अगाडि थियो।
यस सिजन उनले क्लबलाई चौथो स्थानमा पुर्याए। योसँगै भिल्ला च्याम्पियन्स लिगमा पुगेको छ।
‘म यो कदम चाल्न पाउँदा निकै खुसी छु र क्लबको नेतृत्व गर्ने जिम्मेवारी पनि लिएको छु,’ एमरीले भने, ‘एस्टन भिल्लामा राम्रो केमेस्ट्री छ। प्रशंसकहरूको समर्थनले पनि घरजस्तो महसुस हुन्छ। हामी हाम्रो सपनाको कुनै सीमाबिना यो यात्रा जारी राख्न वास्तवमै उत्साहित छौँ।’












