प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिता सोमबारदेखि
सोमबार, जेठ १४, २०८१खेलपाटी संवाददाता

बेनी। प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सोमबारदेखि शुरू हुने भएको छ।
प्रतियोगितामा गण्डकी प्रदेशभित्रका पालिकाले सहभागिता जनाउने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ।
पुरुषतर्फको उपाधि विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। द्वितीयले १ लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
प्रतियोगिताका सम्पूर्ण खेल बेनीको खुल्ला मञ्चमा हुने छन्।














-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)