फ्रेन्चाइज भलिबल लिग आयोजना हुने
आइतबार, जेठ १३, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ। लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार सम्झौता भएको हो।
भलिबल खेलको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार र प्रवर्द्धन गर्न र व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको छ।
सम्झौताअनुसार नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिग सम्पन्न गर्न लाग्ने सबै खर्च केडियाले संघलाई उपलब्ध गराउने अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार फ्रेन्चाइजी भलिबल लिग सञ्चालन गर्न केडियाले भलिबल संघलाई वार्षिक ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ।
प्रतियोगिताको प्रथम संस्करण आउँदो माघ–फागुन महिनासम्म काठमाडौँमा हुने र अन्य संस्करणहरू होम एन्ड अवेको आधारमा नेपालका विभिन्न शहरहरूमा समेत खेलाइने लक्ष्य राखिएको चन्दले बताए।














-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)