• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह
खेलपाटी संवाददाता
शनिबार, जेठ १२, २०८१ खेलपाटी संवाददाता
मार्शल आर्ट महासंघ : अध्यक्षमा सुदिप, महासचिवमा रुपसिंह

काठमाडौं । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको तेस्रो महाधिवेशनबाट सुदिप पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

शुक्रबार सम्पन्न अधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघको महासचिवमा रुपसिंह तमाङ निर्वाचित भएका छन् । 

मार्सल आर्ट गेम्सका २३ वटा राष्ट्रिय संघहरुको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति बनाएका हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच महाधिवेशनको उद्घाटन गरेका थिए । 

महाधिवेशनबाट अध्यक्षमा सुदिप पण्डित क्षेत्री निर्वाचित हुदाँ वरिष्ठ उपाध्यक्षमा लाल बहादुर जिसी तथा उपाध्यक्षहरुमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होम बहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भएका छन् । 

महासचिवमा रुपसिंह तमाङ, सचिवमा कृष्ण गोपाल राजथला र आशिष कार्की निर्वाचित भए । कोषाध्यक्षमा तुलसी थापा मगरलाई महाधिवेशनले निर्वाचित गरेको छ । 

यस्तै, सदस्यहरुमा बाबु राम तमाङ, धनराज तमाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ, कृष्ण बहादुर रावत, जनक राज गौतम, सानु कान्छा श्रेष्ठ, कमल मगर, सिताराम दराई र तेज बहादुर सिंह निर्वाचित भएका छन् । 

मार्शल आर्टमा लामो समय योगदान पुर्याएका विभिन्न संघका पदाधिकारीलाई समावेश गर्दै महासंघको नयाँ कमिटि बनेको हो । अध्यक्षमा निर्वाचित सुदिप र महासचिवमा निर्वाचित रुपसिंह लगायतको सिंगो कार्यसमितिमा खेलकुद क्षेत्रको परिचित अनुहार छन् ।  

महासचिवमा निर्वाचित तमाङले तेक्वान्दो आई.टि.एफमा ऐतिहासिक सफलता हासिल गरेर महासंघमा आएका हुन् ।
तमाङले तेक्वान्दोको संस्थापक स्व. जेनेरल चोइं होङ हीको पुर्ण कदको सालिक रामेछापमा बनाएर ऐतिहासिक कार्य गर्न सफल भएका थिए । उनले रामेछापको खाँडादेवीमा नेपालको पहिलो तेक्वान्दो आई.टि.एफ एकेडेमी हल समेत निर्माण गरेका छन् । 

अधिवेशनमा अतिथीको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, राष्ट्रिय खेलकुद परिषदका वोर्ड सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका संस्थापक बरिष्ठ उपाध्यक्ष चेतन राज गिरी, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका संस्थापक उपाध्यक्ष निरण खड्काको उपस्थिती रहेको थियो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP