‘धोनीले अझै केही वर्ष आईपीएल खेल्न सक्छन्’

काठमाडौँ। चेन्नई सुपर किंग्सका विकेटकिपर तथा ब्याट्सम्यान महेन्द्र सिंह धोनीले अझै केही वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सक्नमा ब्याटिङ प्रशिक्षक माइकल हसीले आशावादी देखिन्छन्।
हसीले ईएसपीएनको ‘अराउन्ड द विकेट’ कार्यक्रममा भने, ‘उनले कहिले सन्न्यास लिन्छन् भन्ने कुराको मसँग ठोस जानकारी छैन। यसको जवाफ उनीसँग मात्रै हुन सक्छ। यद्यपि, उनले थप खेल्ने अपेक्षा गरिरहेका छौँ। उनी धेरै राम्रो ब्याटिङ गरिरहेका छन्। उनी धेरै चाँडै क्याम्पमा आउँछन् र अभ्यासको क्रममा पनि राम्रो शटहरू प्रहार गर्छन्।’
गत सिजनपछि धोनीको घुँडाको शल्यक्रिया भएको थियो। यस सिजनको शुरूदेखि नै उनी केही समस्यामा देखिरहेका छन्। ‘मलाई यो व्यक्तिगत रूपमा उसले अझै केही वर्ष खेल्न सक्छ जस्तो लाग्छ। तर, हामीले यस सम्बन्धमा उनको निर्णयको लागि कुर्नुपर्छ। उसले पनि यस प्रकारको सस्पेन्सलाई कायम राख्न मन पराउँछ। त्यसैले म यसबारेमा केही टिप्पणी गर्दिन,’ हसीले भने।
चेन्नईले धोनीको घुँडाको शल्यक्रियाका कारण उनको बोझ व्यवस्थापन गरिरहेको छ। टोलीलाई मद्दत गर्न उनी केही बल खेल्न आउँछन्। धर्मशालामा पञ्जाब किंग्सविरुद्धको खेलमा उनी नवौँ स्थानमा ब्याटिङ गर्न आएका थिए। तर, यसका बाबजुद पनि धोनी अहिलेसम्म खेलेका १० इनिङ्समा आफ्नो प्रभाव छोड्न सफल भएका छन्। उनले अहिलेसम्म २२६.६६ को स्ट्राइक रेटमा १३६ रन बनाएका छन् ।
‘समर्थकहरू उसले शीर्ष स्थानमा ब्याटिङ गरून् भन्ने चाहन्छन्। तर, घुँडाको शल्यक्रियाका कारण हामी उनलाई ब्याक एन्डमा ब्याटिङमा ल्याउन बाध्य छौँ। तर, त्यो पोजिसनमा पनि यस प्रकारको ब्याटिङकालागि हामीसँग धोनीभन्दा राम्रो विकल्प अरू छैन,’ उनले भने।
यो सिजनको शुरू धोनीले ऋतुराज गायकवाडलाई कप्तानी जिम्मेवारी सुम्पिने निर्णय गरेका थिए। गायकवाडको कप्तानीमा चेन्नईले १३ मध्ये ७ खेल जितेको छ।
चेन्नईले शनिबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरे सिधै प्लेअफमा प्रवेश गर्नेछ। यस सिजनमा गायकवाड आफैँले १४१.५० को स्ट्राइक रेटमा ५८३ रन बनाएका छन्। उनी सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्।







%20(1)-1777447778534.jpeg&w=3840&q=75)






