मूलपानीसहित ५ क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने
मंगलबार, जेठ १, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँको मूलपानीसहित देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलुकद विकास सरकारको प्राथमिकतमा भएको उल्लेख गरेका हुन्।
उनका अनुसार काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने छ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारले जनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने उल्लेख छ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)





-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)