पोखरामा भेन्ट्रान्स भलिबल प्रतियोगिता हुने
सोमबार, बैशाख ३१, २०८१खेलपाटी संवाददाता

पोखरा। पोखरामा जेठ तेस्रो सातादेखि प्रथम खुला भेट्रान्स ३५ प्लस भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म प्रतियोगिता हुन लागेको हो।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका सचिव अशोक थापाले जानकारी दिए।
उनका अनुसार खुला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन्।















