एन्डोनीले थपे बर्नमाउथसँग सम्झौता
बुधबार, जेठ २, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। इङ्लिस प्रिमियर लिग क्लब बर्नमाउथका प्रशिक्षक एन्डोनी इराओलाले सम्झौता थप गरेका छन्।
स्पेनी प्रशिक्षकले गत समरमा नियुक्त हुँदा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए। उनको प्रशिक्षणमा बोर्नमाउथ प्रिमियर लिगमा ११औँ स्थानमा छ।
३७ खेल खेलेको बोर्नमाउथले ४८ अंक जोडेको छ। योसँगै क्लबले इराओलासँगको सम्झौता सन् २०२६ को सिजनको अन्त्यसम्म लब्याएको हो।
यो दुवै पक्षको आत्मविश्वासलाई नवीकरण गर्ने विषय हो। हामीले प्रिमियर लिगमा पहिलो सिजन राम्रो अनुभव बटुलेका छौँ, उनले भने।
इराओलाले गत जुनमा ग्यारी ओ'नीललाई प्रतिस्थापन गरेका थिए।