बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वासिमले जिते ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’ अवार्ड

सोमबार, ३१ बैशाख २०८१खेलपाटी संवाददाता
वासिमले जिते ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’ अवार्ड
Loading ad...
mustang rice ad

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)का कप्तान तथा भरपर्दो ब्याट्सम्यान मोहम्मद वासिमले ‘आईसीसी पुरुष प्लेअर अफ द मन्थ’ अवार्ड जितेका छन्।

पुरुषतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र नामिबियाका गेरहार्ड इरास्मसलाई पछि पार्दै उनी आगामी अप्रिलमा हुने ‘आईसीसी प्लेअर अफ द मन्थ’ अवार्ड जित्ने यूएईका पहिलो खेलाडी बनेका हुन्। 

‘आईसीसी मेन्स प्लेयर अफ द मन्थ अवार्ड जित्न पाउनु ठूलो सम्मानको कुरा हो। म विश्वभरका पुरस्कार विजेताहरूको विशिष्ट सूचीमा सामेल हुन पाउँदा रोमाञ्चित छु,’ वासिमले भने, ‘यो पुरस्कार विशेष गरी युएईजस्ता उदीयमान क्रिकेट टोलीका खेलाडीहरूका लागि ठूलो प्रेरणा हो।’

वासिमले आफ्नो कप्तानीमा गत महिना ओमानमा भएको एसीसी प्रिमियर कपको उपाधि दिलाएका थिए। योसँगै यूएईलाई अर्को वर्ष आयोजना हुने एशिया कपमा छनोट भएको छ।

‘मैले विशेष गरी टोलीलाई यहाँसम्म पुर्‍याउन नेतृत्व गरेँ। व्यक्तिगत रूपमा म खुसी छु। ठूलो खेलमा शतक बनाउनु वास्तवमै एक विशेष क्षण हो। म एशिया कपको लागि उत्सुक छु,’ उनले भने।

अप्रिलमा आयोजना भएको एसीसी पुरुष प्रिमियर कपमा ३० वर्षीय वासिम कुवेतविरुद्ध पहिलो बलमा शून्य रनमा आउट भएका थिए। तर, त्यसपछिका तीन खेलमा यूएईको ब्याटिङ अर्डरको शीर्ष स्थानमा उनले राम्रो प्रदर्शन गरे।

उनले ६५, ४५ र ४८ रनको इनिङ्स खेलेका थिए। वासिमले एसीसी प्रिमियर कपको फाइनलमा ओमानविरुद्ध करिअरको तेस्रो टी–२०आई शतक प्रहार गर्दै यूएईलाई उपाधि जिताएका थिए। उनले शतक पूरा गर्नेक्रममा ६ चौका र १ छक्का प्रहार गरे।

सन् २०२१ को अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै वासिम यूएईको ब्याटिङ अर्डरको एक महत्त्वपूर्ण घटक हुन्। एक दिवसीय क्रिकेटमा ९१ को स्ट्राइक रेटमा उनले १ हजार २८९ रन बनाएका छन्। उनी एक दिवसीय क्रिकेटमा आफ्नो टिमका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

खेलको सबैभन्दा छोटो ढाँचामा उनले आफ्नो प्रदर्शनमा अझ सुधार गरेका छन्। टी–२० आईमा यूएईका लागि ४० को औसत र १५४.६९ को स्ट्राइक रेटमा उनले १ हजार ९७७ रन बनाएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य