बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चेन्नईसँगै प्लेअफमा पुग्ने बेंग्लोरको सम्भावना कति?

सोमबार, ३१ बैशाख २०८१खेलपाटी संवाददाता
चेन्नईसँगै प्लेअफमा पुग्ने बेंग्लोरको सम्भावना कति?
Loading ad...
mustang rice ad

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरले जित हासिल गर्दै प्लेअफ यात्रालाई रोमाञ्चक मोडमा पुर्‍याएका छन्। 

६२ खेलपछि एउटा टोली (कोलकाता नाइट राइडर्स) ले मात्र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस्तो अवस्थामा बाँकी तीन स्थानका लागि ७ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ। 

आइतबार बेंग्लोरले दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित हासिल गर्दै प्लेअफको आशा जीवितै राखेको छ। यता, चेन्नईले पनि राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै आफ्नो सम्भावना कायमै राखेको छ।

लिगमा १/१ खेल खेल्न बाँकी रहेको चेन्नई र बेंग्लोर दुवै प्लेअफमा पुग्न सक्छन् कि सक्दैनन् भन्ने खुलदुली समर्थकहरूमा पनि होला। १२ अंक जोडेको बेंग्लोर अंक तालिकाको पाँचौँ स्थानमा छ। 

अब बेंग्लोरले अन्तिम खेल जित्नैपर्ने हुन्छ। बेंग्लोरले समूह चरणको अन्तिम खेलमा मे १८ मा चेन्नईको सामना गर्नेछ। यदि फाफ डु प्लेसिसको टोलीले चेन्नईलाई पहिले ब्याटिङ गर्दै हरायो भने उसको नेटरनरेट चेन्नईभन्दा राम्रो हुनेछ। 

यसबाहेक बेंग्लोरले आफ्नो खातामा १४ अंक पुर्‍याउने छ। यसबाहेक बेंग्लोरले सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्सको खेलमा पनि भर पर्नुपर्नेछ। यदि केएल राहुलको टोली लखनाउनले दुई खेलमध्ये एकमा मात्र जित हात पार्‍यो र दिल्ली–गुजरात जायन्ट्सको नेटरनरेट कमजोर रह्यो भने शनिबार बेंग्लोर र चेन्नईबीच प्रतिस्पर्धात्मक खेल देख्न पाइने छ।

१३ खेलमा ७ जित हासिल गर्दै चेन्नई १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चेन्नईले आफ्नो अन्तिम खेल बेंग्लोरसँग खेल्ने छ। यदि ऋतुराज गायकवाडको टोलीले यो खेलमा जित हात पार्‍यो भने प्लेअफमा स्थान बनाउने छ। तर, चेन्नईले खेल हारेमा नेटरनरेटमा भर पर्नुपर्ने हुन्छ।

शीर्ष ४ मा पुग्न बेंग्लोर-चेन्नईको समीकरण 

यदि बेंग्लोरले आफ्नो अर्को खेलमा चेन्नईलाई थोरै अन्तरले हरायो भने उसले १४ अंक पुग्ने छ। यस्तो अवस्थामा चेन्नईको नेटरनरेटमा खासै असर पर्ने छैन। त्यसपछिका दुई खेलमा लखनउले एकमा मात्र जित हात पार्नुपर्ने हुन्छ। 

लखनउले मंगलबार दिल्लीको सामना गर्नेछ। १७ मेमा भने लखनउले मुम्बई इन्डियन्सको सामना गर्नेछ। यदि दिल्लीले लखनउलाई हरायो भने उसको खातामा १४ अंक हुनेछ।

हैदरावादले दुवै खेलमा हार बेहोर्नु पर्नेछ। यस्तो अवस्थामा लखनउ १४ अंकमा रोकिने छ र नेटरनरेट पनि कमजोर हुने छ। यो अवस्थामा बेंग्लोर र चेन्नई १४ अंक र राम्रो नेटरनरेटका साथ शीर्ष ४ मा रहनेछन्। त्यस्तै, लखनउ र हैदरावादको खातामा १४–१४ अंक हुनेछ, तर उनीहरूको नेटरनरेट चेन्नई र बेंग्लोरको तुलनामा बलियो हुनेछैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य